२० माघ २०८२, मंगलबार | February 4, 2026

किताब, कापी र पोशाक किन्दा पसल नतोक्न विद्यालयहरुलाई बुटवलका नगर प्रमुखको निर्देशन

नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा उनले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताए ।

माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए। ‘विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफु अनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले छलफलका क्रममा भने -‘विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।’

विद्यालयहरुले निर्देशन उल्लंघन गरेमा उपमहानगरले कस्तो कारवाही गर्छ ? भन्ने षिषयमा भने नगर प्रमुख पाण्डेयले केही बताएनन् ।

उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे।

नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गरे ।

उनले विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न पनि आग्रह गरे । उनले नक्कली छात्रबृत्तीको फारम भरेर हुने गरेको बदमासीका विषयमा भने केही बताएनन् ।

बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्न आग्रह गरे ।

आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उनले जनाए ।

उनले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे ।

‘कुनै विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी आएर भर्ना लिन नसकेको अवस्था छ भने कुनैमा भर्ना गर्न खोज्दा पनि विद्यार्थी नआएको अवस्था छ, यो अवस्थालाई सुधार गरेर एउटै स्तरका विद्यालय बनाउने गरी सबै विद्यालयहरु लाग्नुपर्छ, सुधारका लागि नगरले कहाँनेर कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ त्यहीँ उभिन्छु’-उनले भने ।

बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह गरे । ‘खेलाडी उत्पादनका लागि जगबाटै लगानी गर्नुपर्छ भन्ने उदेश्यले यसपटक हामीले नगरभित्रका विद्यालयहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं,’ उनले भने -‘यसले विद्यालयस्तरमा खेलाडी उत्पादनमा मदत पुग्नेछ ।’

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे । उनले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताए। उनीहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ४४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको