२८ भदौ २०८३, आइतबार | September 13, 2026

भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक



भैरहवा । भैरहवा भन्सार कार्यालयले विना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । गत जेठको दोस्रो साता किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउन खोजेको घटना सेलाउन नपाउँदा सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ ।

भारतबाट नेपालका लागि भित्रीएको प्याजसहितकोमाल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् । युपी ३१ टी ९९४१ नम्बरको प्याज सहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।

भन्सार जाँचपासका लागि आउने मालवाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बर सहित प्रवेशको इन्ट्री हुन्छ , गेट पास(बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट) दिए मात्रै मालबाहक गाडी बाहिरीने गरिन्छ । तर सोमबार भन्सार परिसरमा आएको गाडी विना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरीना खोज्दा भन्सार प्रणालीले किर्ते देखाएकोे हो , निकासी गेटमा नक्कली गेट पास र एक्जीट नोट प्रणलीमा समावेश गर्दा नमाने पछि घटना बाहिरीएको हो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले प्याज बोकेको ट्रक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए । कागजपत्र किर्ते गरेको भन्ने आशंकामा मालवाहक ट्रक सहित चालक र सहचालकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए ।

सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएको छ । भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको भन्दै व्यवासायीहरुले गुनासो गर्दै आएका छन् ।

अघिल्लो महिना पनि यसै प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा भएको थियो । किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउने १० जनाको समूहलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइएको थियो । बैंकका कर्मचारी, आयातकर्ता, निर्यातकर्ता, द्वयको काम गर्ने कर्मचारी, भन्सार एजेन्ट, अन्नपूर्ण टर्मिनल्सको कर्मचारी,जाँच पास भयो भएन भन्ने चासो राख्ने व्यक्तिहरुको संलग्नता रहेको भन्दै उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो, घटनामा संलग्न मध्ये केही धरौटीमा छुटेका छन भने केही विरुद्ध मुद्धा चलिरहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : १८ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू