१४ पुस २०८२, सोमबार | December 29, 2025

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ तिलकीस्थित वनहरा नदीमाथिको बाढीले चुँडालेको झोलुङ्गे पुल खोल्ने कार्य सुरु गरिएको छ । गत वर्ष नदीको बाढीले चुँडेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको छ । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुलका एकातर्फको भागको जग्गा कटान गर्दा पोल ढलेर नदीमा खसेको थियो ।

खसेका पोलमा नदीले बगाएर ल्याउने रुख काठपात अड्किन गई नदी बस्तीतर्फ पस्न सक्ने र बस्तीलाई क्षति हुने सम्भावना भएकाले पुलका सामान हटाउन थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । “क्षतिग्रस्त पुलका स्टिलपार्टस्, लठ्ठा, बुल्डग्रिप्सलगायतका सामान खोलेर वडा कार्यालयमा सुरक्षित तरिकाले राख्न लागेका छौँ”, उनले भने, “जिल्ला प्रशासन कार्यालय र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट पुलका सामानको उचित व्यवस्थापनसहित रेकर्ड गरी स्थानीय तहको जिम्मेवारीमा राख्ने पत्राचार भएअनुसार कार्य भइरहेको छ ।”

पुलका पार्टहरू खोल्नका मजदुरलाई काममा लगाइएको उल्लेख गर्नु हुँदै उनले खोलिएका पार्टहरू चोरी हुनसक्ने भएकाले सुरक्षित तरिकाले ढुवानी गरी वडा कार्यालयमा राख्ने कार्य भइरहेको बताए ।

“पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्चवापत लाग्ने केही रकम नगरपालिकाले व्यहोर्ने अश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने, “थोरै रकमले नपुग्ने भएकाले ब्रिज डिभजन कार्यालयलाई गुहारेका छौँ ।”

ढलेको पुल खोलेर वडा कार्यालयमा राखिए पनि हस्तान्तरण वा लिलामी गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालयबाट निर्णय भएअनुसार हुने सस्पेन्स ब्रिज डिभिजन कार्यालयले पठाएको पत्रमा उल्लेख भएको वडाध्यक्ष रानाले जानकारी दिए ।

निर्माण भएको एक वर्ष नपुग्दै नदीमा आएको बाढीले एकातर्फको पोल नदीमा ढलाउँदा पुल चुडिएर नदीमा खसेको थियो । नदी वारपार गर्ने एकमात्रै पुल ढलेपछि स्थानीय बासिन्दा सास्ती खेप्दै आएका छन् । विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा, बिरामीलगायतले बाढी आएका बेला नदी तर्नुपर्ने पुरानै अवस्था दोहोरिएको छ ।

“नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुपरेको छ”, स्थानीय लक्ष्मण रानाले भने, “नयाँ पुल निर्माणका लागि गत वर्ष नै माग गरेका हौँ, अझै सुनुवाइ हुनसकेको छैन ।” ढलेको पुलको लम्बाइ एक सय ८७ मिटर रहेको थियो । पुल रु दुई करोड ५० लाख बढीको लगानीमा निर्माण गरिएको थियो । गत वर्षको भदौ ३१ गते आएको विनाशकारी बाढीले झोलुङ्गे पुल चुडालेको थियो ।

बाढीले पुल चुडाल्ने कार्यसँगै त्यस क्षेत्रका दर्जनौँ घर डुबानमा परेका थिए । लगाएको धान, उखु, सखरखण्डी, बदामलगायतको बालीमा व्यापक नोक्सानी भएको थियो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : ०७ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य