२५ असार २०८३, बिहिबार | July 9, 2026

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ ।

नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई पाँचवर्षे शिक्षा योजनातर्जुमा समितिको संयोजकमा नियुक्त गरिएको छ ।

ऐरको संयोजकत्वमा अब बन्ने योजनाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका चुनौती, आवश्यकता, पूर्वाधार, जनशक्ति, सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरका सूचकलाई समेटेर व्यावहारिक र परिणाममुखी शिक्षा खाका तयार गरिने भएको छ ।

समितिमा निजी विद्यालयका तर्फबाट डम्बर दत्त अवस्थी, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट पीताम्बर जोशी र धनसिंह महरा सदस्यका रूपमा तथा नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्ट सदस्य-सचिवका रूपमा रहनेगरी नियुक्त गरेको छ ।

समितिले नगरभरिका विद्यालयको अवस्था, विद्यार्थी सङ्ख्या, शिक्षक व्यवस्थापन, पूर्वाधार, सिकाइ उपलब्धि, शैक्षिक चुनौती तथा अभिभावकको अपेक्षाबारे विस्तृत तथ्य सङ्कलन गर्ने नवनियुक्त तर्जुमा समितिका संयोजक ऐरले बताए ।

नगरका सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटिमा-आधारित सिकाइ, र शिक्षकको क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधारका कार्यक्रम, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक पूर्वाधारको नक्शाङ्कनको कार्य अगाडि बढाइने उनले उल्लेख गरे ।

संयोजक ऐरका अनुसार पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्नेछ । ‘शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन, व्यावहारिक तथा प्रगतिमुखी योजना बनाउने लक्ष्य लिएका छौँ’, उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०८ बजे

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,