३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

राष्ट्रिय वाणिज्य बैंकले गर्यो ११ वटा शाखा विस्तार



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजार,बैतडी जिल्ला स्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्ला स्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्ला स्थित शाखा कार्यालय बिराटचोक,मकवानपुर जिल्ला स्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्ला स्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्ला स्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्ला स्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्ला स्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्ला स्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरेको छ ।
यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ३८ बजे

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ