२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री विजय यादव पक्राउ



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा पूर्व कृषि मन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी भएअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । उनले बैंकिङ कसुर अन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको बिस्तृत विवरण आफुलाई पनि थाहा नभएको उनले बताए ।

उता रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले आफुलाई पक्राउ सम्बन्धमा आफुलाई जानकारी नभएको बताए ।

कांग्रेसबाट राजनीति सुरु गरेका यादवले अघिल्लो चुनावमा टिकट नपाए पछि जसपामा प्रवेश गरेका थिए । जसपाले माओवादीसंग गठबन्धनगरि पछिल्लो चुनावमा टिकट नपाउने निश्चित भएपछि भने उनी एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ४५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात