२० भदौ २०८३, शनिबार | September 5, 2026

गायिका मिलन नेवारको ‘एक कदम’मा स्मारिका र प्राञ्जल



काठमाडौं । गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको एक कदम बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द,  संगीतकार येदिन गजमेरको संगीत रहेको सार्वजनिक गीतमा गायक अनुप र गायिका मिलन गज्जबसँग खुलेका छन् ।

विगत  २ दशकदेखि गीतको संगीतको क्षेत्रमा सक्रिय गायक अनुपले डेढ वर्षको अन्तरालमा सार्वजनिक गरेको एक कदममा पछिल्लो समयकी चर्चित मोडल स्मारिका ढकाल र मोडल प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ ।

एक कदम एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजीएको छ । गहिरो प्रेममा डुबेको यो जोडीको रोमान्टिक कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाएका छन् ।

रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन मान कृष्ण मर्हजनले गरेका हुन् भने भिडियोको सम्पादन बान्दे प्रसादले गरेका हुन् । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन् भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगष्रमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/fwucIdPF2lk

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : ४२ बजे

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये