२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बाँकेमा अब ट्राफिक कारवाहीको राजश्व विद्युतीय भुक्तानी



नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरिएकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने भएको छ । सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुली बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको हो ।

ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली अब बैंकमार्फत भुक्तानी गर्नुपर्ने ब्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरक्षिक तिलक सुनारले जानकारी दिए ।

बाँकेमा ट्राफिकमा भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो । मादक पदार्थ सेवन (मापसे), लागुऔषध पदार्थ सेवन (लापसे) र तीव्र गतिमा सवारी चलाउने गरेकाको पुष्टि गर्न परीक्षणमा प्रविधि अपनाइसकिएको छ । उनका अनुसार लुम्बिनी प्रदेशको तीन वटा जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड प्रणाली (टिभिआरएस) लागू हुन लागेको हो ।

“जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रविधिमैत्री बनाउने प्रयास गरेका हौँ, ट्राफिक नियम उल्लङ्घनमा हुने जरिवाना अब सिधै बैंकमा दाखिला हुनेछ”, ट्राफिक प्रहरी प्रमुख सुनारले भने, “त्यसका लागि बैंक पुगेर भौचर भरेर जम्मा गर्न सकिने तथा सिधै भुक्तानीको एप्सको प्रयोग गर्न सकिनेछ  ।”

ट्राफिक नियम उल्लङ्घन गर्नेले अब खातामा नै भुक्तानी गर्ने भएकाले आर्थिक पारदर्शितासमेत देखिने छ । यसअघि ट्राफिकले जरिवाना राजस्व असुली गर्दा रसिदमार्फत भुक्तानी लिइँदै आइएको थियो । बाँकेमा जरिवाना राजस्व भुक्तानीका लागि वाणिज्य बैंकमा रहेको खातामा भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ०४ बजे

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ – एमाले उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा