काठमाडौँ । ललिता निवास प्रकरणको मुद्दामा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको निएको निवदेनको सुनुवाई सकेर आज फैसला आउने भएको हो ।
बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने बताइएको छ ।
सो प्रकरणको मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।




















प्रतिक्रिया