६ पुस २०८२, आइतबार | December 21, 2025

बेलायतमा एक पुरुषले छोरी जन्माए पछि दुई महिना राखियो गोप्य



ऐजेन्सी । प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ। दुवै जना मिलेर मात्रै बच्चा जन्मन्छ, जसअनुसार एउटी महिलाले ९ महिना गर्भमा राखेर जन्म दिन्छिन् ।

तर के तपाईंले कहिल्यै पुरुषले बच्चा जन्माएको सुन्नुभएको छ आजकाल इंग्ल्याण्डका एक जोडी चर्चामा छन् किनभने उनीहरुको एउटा बच्चालाई बुवाले जन्म दिएका छन् ।

डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् । तर, ती बच्चा (केटी) लाई प्राकृतिक नियम र तरिकावाट जन्मेकी भने होइनन, तीनलाई आफनो पीताले जन्म दिएका हुन । वास्तवमा, ती पिता एक ट्रान्सजेन्डर पुरुष हुन्।

यसअघि उनको तीनवटा गर्भपात भएको थियो । जसअनुसार जुम्ल्याहाहरू २३ हप्तामा र २७ हप्तामा अर्को एक मृत जन्मेका थिए। त्यसपछि डाक्टरहरूले उनको अण्डा अपरिपक्व भएकाले निषेचन गर्न नसक्ने भएकाले उनले कहिल्यै बच्चा जन्माउन नसक्ने बताई दिए । त्यसपछि ती दम्पतीले ७७ लाखमा उपचार गराउने पनि सोचेका थिए । दुवैले स्पर्म डोनर मार्फत मात्र सन्तान जन्माउन पनि सक्थे तर त्यो त्यो बेला भने गरेनन ।

त्यस समयमा उनले पूर्ण रूपमा पुरुष बन्न टेस्टोस्टेरोन इन्जेक्सन लिइरहेका थिए। जनवरी २०२२ मा उनले यसलाई पूर्ण रूपमा सो इन्जेक्सन लिन छोडे। यसअघि उनले २७ महिनादेखि पुरुष हर्मोनको इन्जेक्सन लिइरहेका थिए, जसको मद्दतले उनी पूर्णरुपमा पुरुष बन्न लागिसकेका थिए । तर बाबुआमा बन्ने चाहनामा उनले त्यो इन्जेक्सन लिन छाडेको मिडिया रिपोर्टमा उल्लेख छ । यसपछि जोडीले अनलाइन स्पर्म डोनरलाई भेटे र सेलेब्स मात्र ६ महिना भित्रमा नै गर्भवती भइ दिए ।

सेलेबको बेबी बम्प बढ्दै जाँदा धेरै मानिसहरूले ट्रान्सजेन्डर बुबा गर्भवती भएको देख्न थाले। उनले भने कि उनका धेरैजसो साथीहरू र परिवारले उनलाई समर्थन गरेका थिए तर केहीले सुझाव दिए कि पुरुषहरू गर्भवती हुन सक्दैन, यो काम नगर । तर, मे २०२३ मा वेस्ट सफोक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। आफ्नो गोपनियता कायम राख्नका लागि उनलाई निजी कोठामा मात्रै राखिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ०२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम