९ चैत्र २०८२, सोमबार | March 23, 2026

रुपन्देहीका शिक्षा समन्वय प्रमुख सवार गाडी प्रहरी नियन्त्रणमा, शनिबार पास बिना सरकारी गाडी दुरुपयोग गरेको आरोप



बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल मदिरा पार्टीमा फेला परेका थिए । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका थिए ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको समाचार आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्रापिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

समाचार स्रोतका अनुसार ढकालसँगै काठमाडौंबाट आएको एक जना पत्रकार र पब्लिक मावि दयानगर छपीयाका प्रधानाध्यापक पनि उक्त सवारी साधनमा रहेका थिए । उनीहरुको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवलमा रहेको स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा हालेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् । ढकालले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५७ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी