१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..



काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेका थिए ।

यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सो अवसरमा उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गानालगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका थिए ।

अनुगमनकै क्रममा गृहसचिव अर्यालले भने, “उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोला । जुनजुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नु, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।”

प्रमुख अध्यागमन अधिकृत थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बीच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिरहेको जानकारी दिए । उनले भने, “अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । यसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेका छन् । यहाँ कम्तीमा पनि सय जना प्रहरी अधिकारी आवश्यक छ ।”

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : २३ बजे

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना