४ पुस २०८२, शुक्रबार | December 20, 2025

ललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ



काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो । ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीे गर्ने अनियमितता प्रकरणमा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको