६ पुस २०८२, आइतबार | December 21, 2025

बाग्नर समुहको बिद्रोह पछि पुटिन र बेलारुसका राष्ट्रपतिबिच पहिलो भेटबार्ता



मस्को । रुसी राष्ट्रपति भ्लादिमर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिचमा भेटबार्ता भएको छ । रुसी भाडाको सैनिक वाग्नर सेनाको विद्रोहपछि आइतबार पहिलो पटक दुवै नेताको भेटबार्ता भएको हो ।

यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको रुसको आधिकारिक मिडिया एजेन्सी टासले जनाएको छ । टासले सार्बजनिक गरेको भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भने– ‘हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं ।’

लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन। यसबारे पुटिनले भने – प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।

रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ कि यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले समस्यामा परेको बताएका छन् । उनीहरु पश्चिमा देशतर्फ जान चाहन्छन् ।

लुकासेन्कोले भने कि निजी सेनाका सिपाहीहरू भन्छन्, वारसा र रेजासोभ वरिपरि घुमौं। वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ। यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन्।

यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ४२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम