७ आश्विन २०८३, बुधबार | September 23, 2026

सेयर बजार २६.६६ अंकले घट्याे



काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ०३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११