२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सेयर बजार २६.६६ अंकले घट्याे



काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट सोमबार सेयर बजार सकारात्मक बन्न सकेन । यसले मौद्रिक नीतिप्रति लगानीकर्ताको तत्कालको प्रतिक्रिया सकारात्मक नरहेको रुपमा हेरिएको छ । यस दिन नेप्से सूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।

आमलगानीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने विन्दुमा गएर नेप्से ट्वाक्क अडिएको छ । कारोबार रकम भने थप बढेको छ । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार सेयर बजार तल झर्नुमा प्रमुख ३ वटा कारण देखिएको छ । पहिलो, अघिल्लो दिन आइतबार सूचकमा भारी वृद्धि भएकाले सोमबार लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् ।

यस दिन २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ०३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको