१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कोशी सरकारको वैधानिकता माथि आजबाट सर्वोच्चको पुर्ण इजलासमा बहस हुदैँ



काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकत माथी आजबाट सर्वोच्च अदालतको पुर्ण इजलासमा छलफल हुने भएको छ ।

गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ती गरे पछि असन्तुष्ट पक्ष सर्वोच्च पुगेका थिए ।

संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको विरुद्धमा सो प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हो ।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा सोमबार सुनवाई हुदाँ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिए पछि आजबाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।

संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सो विषयमा आजबाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले