९ चैत्र २०८२, सोमबार | March 23, 2026

कपिलवस्तुको तौलिहवाबाट श्रोत नखुलेको ४८ लाख रकम सहित एक जना पक्राउ



कपिलवस्तु। कपिलवस्तुमा स्रोत नखुलेको अवैध भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।कपिलवस्तु  नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।

आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपियाँ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हाजर १२७ रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ०१ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी