२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालगन्जका ल्यावहरुले सडकमा फाल्छन् अस्पतालजन्य संक्रमित फोहोर



नेपालगन्ज । नेपालगन्जका कतिपय स्वास्थ्य प्रयोगशालाहरुले अस्पतालजन्य संक्रमित फोहोर सडकमा फाल्ने गरेको फेला परेको छ । प्रयोगशालाहरुले नेपालगन्जको सुर्खेतरोडमा अस्पतालजन्य संक्रमित फोहोर फालिएको भेटिएको हो ।

निर्मूलीकरण गरेर फाल्नु पर्ने फोहोर सडकमा फालिएको भटिएपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यसविरुद्ध अनुसन्धान सुरु गरेको छ । सुर्खेतरोडको सडकमा फालिएको फोहोरलाई उठाएर उपमहानगरपालिकाले कार्यालयमा ल्याएको छ भने फोहोर फाल्नेको खोजी अभियान थालेको उपमहानगरपालिकाले जनाएको छ । फोहोर कुनै ल्याबको नै भएको ठहर गर्दै सडकमा फोहोर फाल्ने ल्यावको खोजी सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । उनका अनुसार रगत संकलन गरिएको ट्युबमा विरामीको नाम र उमेर लेखिएको छ । कुनै ट्युब खुल्ला छ भने कुनै बन्द रहेको छ ।

अस्पतालजन्य यस्ता संक्रमित फोहोरलाई उपमहानगरपालिकाको समन्वयमा केही महिनादेखि हिरमिनियामा रहेको ल्याण्डफिल साइटको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रमा निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिएको छ । अझै केही ल्याब, मेडिकल, अस्पताल उपमहानगरपालिकाको यो अभियानमा नसमेटिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

ल्याव र अस्पतालहरुको माग अनुसार फोहर उठाउन ट्याक्टर पठाउँदा पठाउँदै पनि सडकमा फोहर फाल्नु गलत भएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए ।

नेपालगन्जमा साना ठूला अस्पताल र क्लिनिकहरु सय बढी रहेका छन् । त्यसमध्येमा ५६ वटाले मात्र उपमहानगरसँग सम्झौता गरेर अस्पतालजन्य फोहोर व्यवस्थित रुपमा विसर्जन गर्दछन् । अहिले नेपालगन्जका अस्पताल तथा क्लिनिकबाट निस्किने तीन क्वीन्टल फोहोर दैनिक ल्याण्डफिल साइटमा विसर्जन भइरहेको बस्नेतले बताए । उनका अनुसार ल्याण्डफिल साइटमा लगिने अस्पतालजन्य फोहोरलाई निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ३५ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य