४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान १०ः०५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा आई पुग्नेछन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले  ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई  सम्बोधन गरेका थिए ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटबार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । साथै, बिमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको