६ पुस २०८२, आइतबार | December 21, 2025

अमेरिकी पुर्व राष्ट्रपति ट्रम्प माथी फेरी अर्को मुद्धा, कठिनाई बढने क्रम जारी



वासिङटन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिन्छ ।

बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिए पछि उनको कठिनाई थप बढने देखिएको हो ।

ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्‍याएको र आफ्नो फ्लोरिडा एस्टेट मार ए लागोबाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मेमा सुरु हुनेछ ।

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन् । यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ । यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गर्दै यो बाइडेनलाई अपराधी परिवार भएको र उनको न्याय विभागको उत्पीडनबाहेक केही नभएको बताए।

ट्रम्प विरुद्ध नयाँ आरोपहरू उही दिन आएका छन्, जुन दिन उनका वकिलले २०२० को राष्ट्रपति चुनावलाई बिथोल्ने कथित आरोपहरूसँग सम्बन्धित मुद्दामा अभियोजनकर्ताहरूसँग भेटेका थिए। ट्रम्पलाई मार ए लागोका उनको व्यक्तिगत कर्मचारी वाल्टिन वाल्ट नाउटा र मार ए लागो सम्पत्तिका प्रबन्धक कार्लोस डे ओलिभेरासँग मिलेर सिसिटभी फुटेज मेटाएको आरोप लगाइएको छ, ओलिभेरा र नाउटाबीचको कुराकानीलाई यस मुद्दामा दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

स्मरण रहोस कि डोनाल्ड ट्रम्प माथी सन २०२१ मा राष्ट्रपति चुनाव हारे पछि ह्वाइट हाउस छोड्दा कथित रूपमा धेरै संवेदनशील सरकारी रेकर्डहरू फिर्ता नगरेको र अवैध रूपमा आफूसँग राखेको आरोप लगाइएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : २४ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम