८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

श्रमस्वीकृत बिनाको श्रमिक र दर्ता बिनाको फर्निचरबाट काम नगराउन उद्योग संघको आह्वान



बुटवल । भारतबाट श्रमस्वीकृती बिना घरघरमा फर्निचर तथा फर्निसिङका काम हुन थालेपछि रुपन्देही उद्योग संघले त्यस्ता कार्यलाई रोक लगाउन माग गरेको छ । बुटवल आसपास तथा रुपन्देही जिल्लाका विभिन्न बजार क्षेत्रमा बिना दर्ता घुमन्ते टोली बनाई घर तथा पसलमा पुगेर फर्निचर उद्योगहरु संचालन भइरहेको भन्दै रुपन्देही उद्योग संघले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको हो ।

कानुनी दायरा भन्दा बाहिर रही समूह समेत खडा गरी अबैधाकिरुपमा औद्योगिक गतिविधि संचालन गर्नाले नियम संगत संचालित उद्योगहरु प्रभावित बनेको उद्योग संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्ता कार्यले देशको राजस्व संकलनमा समेत प्रभाव परेको पनि विज्ञप्तीमा लेखिएको छ ।

कानून विपरित कुनै पनि औद्योगिक कार्य नगर्न र बिना दर्ताका कामदारहलाई प्रोत्साहित नगर्न समेत संघले उपभोक्ताहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेल तथा महासचिव हरिबहादुर खत्रीले विज्ञप्ती जारी गर्दै बिना दर्ता संचालित उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराइएको छ ।

रुपन्देहीमा हरेक दिन ५०० बढी भारतीय कामदारहरु घरघरमा फर्निचरको काम गर्न आउने गरेको अनुमान गरिएको छ । त्यस्ता सूचीकृत नभएका मजदुरहरुलाई दर्ता नभएका केही फर्निचर उद्योगहरुले घर, पसल तथा काठजन्य निर्माणमा लगाउने गरेको पाईएपछि फर्निचर उद्योग संघको पहलमा रुपन्देही उद्योग संघले विज्ञप्ति प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ५८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी