४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्ने भएको हो ।

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेशनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको