१४ भदौ २०८३, आइतबार | August 30, 2026

एकीकृत समाजवादीद्वारा फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो ।

संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ ।

आजको बैठकमा मुलुकको समसामयिक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षा गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा जनवर्गीय सङ्गठनहरूले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको छ ।

पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएकामा जेनजी प्रदर्शनका कारण बैठक स्थगित गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : २७ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ