१ पुस २०८२, मंगलबार | December 16, 2025

हुम्लाका कर्मचारीलाई दिगो खानेपानी , सरसफाइ र स्वच्छता सम्बन्धि तालिम



सिमकोट । हुम्ला जिल्लाका २ वटा पालिकाका कर्मचारीहरुलाई दिगो खानेपानी , सरसफाइ र स्वच्छता आयोजनाको क्षमता अभिबृद्दी तथा परियोजना कार्यन्वयन सम्बन्धि तालिम प्रदान गरिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दिगो खानेपानी , सरसफाइ र स्वच्छता परियोजना लागु भएका पालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

श्रावण १० देखि सदरमुकाम सिमकोटमा सुरुभएको ५ दिने तालिममा दिगो खानेपानी , सरसफाइ र स्वच्छता सुस्वा परियोजना कार्यान्वयन र त्यसबाट हुने उपलब्धिका बिषयमा तालिम प्रदान गरिएको सुस्वा आयोजना सुर्खेतका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी दिए । सुस्वा आयोजना लागुभएका स्थानीय तहमा आर्थिक बर्ष ८०/८१ को बार्षिक कार्यक्रम कार्यन्वयन गर्ने बिधि निर्माण तथा नागरिकमा दिगो खानेपानी सरसफाई र स्वच्छतालाई कसरी दिगोपन दिन सकिन्छ भन्ने विषयमा पनि तालिम प्रदान गरिएको उनले बताए ।

तालिम समापनमा बोल्दै समारोहका अध्यक्षता गरिरहेका नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले तालिमले गाउँपालिकाबाट संचालित सुस्वा परियोजनाको कार्यन्वयनमा कोशेढुङ्गा हुने विश्वास ब्यक्त गरे । उनले कर्मचारीको क्षमता बिकासमा तालिमको महत्वपूर्ण भुमिका रहने बताउँदै तालिमको ब्यवस्था गरिदिने परियोजनालाई धन्यबाद दिए ।

सुस्वा आयोजना सुर्खेतका सुशासन बिज्ञ श्रेष्ठले तालिममा प्राप्त गरेका ज्ञानहरुलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह  गरे । उनले नागरिकले अनुभूति पाउने गरि कार्यान्वयन हुन सकेमात्र तालिमको उपलब्धि भएको मान्न सकिने बताए ।

नाम्खा गाउँपालिकाको वास युनिटका वास कोर्डिनेटर दत्त बहादुर शाहीले सहजिकरण गरेको तालिमको समापनमा सहभागीहरुले तालिम अत्यन्तै प्रभाबकारी भएको र सिकेको बिषयबस्तु हरु कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहभागीहरुको तर्फबाट बोल्दै खार्पुनाथ गाउँपालिकाका वास सयोजक देब जङ्ग हमालले तालिम अत्यन्तै प्रभाबकारी भएको बताए । उनले सिकेको बिषयबस्तुहरु कार्यन्वयन गर्ने प्रतिबद्धता समेत जनाए । अर्का सहभागी नाम्खा गाउँपालिकाका वास युनिटका सामाजिक परिचालक ममता लामाले तालिमका बिषयबस्तु ज्यादै उपयोगी भएको र आगामी दिनमा यस्ता तालिमहरु पुनः राखिदिन माग गरिन् ।

समापन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाही, सुस्वा आयोजनाका वास सल्लाहकार राजु चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : १४ बजे

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि