१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

हुम्लाका कर्मचारीलाई दिगो खानेपानी , सरसफाइ र स्वच्छता सम्बन्धि तालिम



सिमकोट । हुम्ला जिल्लाका २ वटा पालिकाका कर्मचारीहरुलाई दिगो खानेपानी , सरसफाइ र स्वच्छता आयोजनाको क्षमता अभिबृद्दी तथा परियोजना कार्यन्वयन सम्बन्धि तालिम प्रदान गरिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दिगो खानेपानी , सरसफाइ र स्वच्छता परियोजना लागु भएका पालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

श्रावण १० देखि सदरमुकाम सिमकोटमा सुरुभएको ५ दिने तालिममा दिगो खानेपानी , सरसफाइ र स्वच्छता सुस्वा परियोजना कार्यान्वयन र त्यसबाट हुने उपलब्धिका बिषयमा तालिम प्रदान गरिएको सुस्वा आयोजना सुर्खेतका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी दिए । सुस्वा आयोजना लागुभएका स्थानीय तहमा आर्थिक बर्ष ८०/८१ को बार्षिक कार्यक्रम कार्यन्वयन गर्ने बिधि निर्माण तथा नागरिकमा दिगो खानेपानी सरसफाई र स्वच्छतालाई कसरी दिगोपन दिन सकिन्छ भन्ने विषयमा पनि तालिम प्रदान गरिएको उनले बताए ।

तालिम समापनमा बोल्दै समारोहका अध्यक्षता गरिरहेका नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले तालिमले गाउँपालिकाबाट संचालित सुस्वा परियोजनाको कार्यन्वयनमा कोशेढुङ्गा हुने विश्वास ब्यक्त गरे । उनले कर्मचारीको क्षमता बिकासमा तालिमको महत्वपूर्ण भुमिका रहने बताउँदै तालिमको ब्यवस्था गरिदिने परियोजनालाई धन्यबाद दिए ।

सुस्वा आयोजना सुर्खेतका सुशासन बिज्ञ श्रेष्ठले तालिममा प्राप्त गरेका ज्ञानहरुलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह  गरे । उनले नागरिकले अनुभूति पाउने गरि कार्यान्वयन हुन सकेमात्र तालिमको उपलब्धि भएको मान्न सकिने बताए ।

नाम्खा गाउँपालिकाको वास युनिटका वास कोर्डिनेटर दत्त बहादुर शाहीले सहजिकरण गरेको तालिमको समापनमा सहभागीहरुले तालिम अत्यन्तै प्रभाबकारी भएको र सिकेको बिषयबस्तु हरु कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहभागीहरुको तर्फबाट बोल्दै खार्पुनाथ गाउँपालिकाका वास सयोजक देब जङ्ग हमालले तालिम अत्यन्तै प्रभाबकारी भएको बताए । उनले सिकेको बिषयबस्तुहरु कार्यन्वयन गर्ने प्रतिबद्धता समेत जनाए । अर्का सहभागी नाम्खा गाउँपालिकाका वास युनिटका सामाजिक परिचालक ममता लामाले तालिमका बिषयबस्तु ज्यादै उपयोगी भएको र आगामी दिनमा यस्ता तालिमहरु पुनः राखिदिन माग गरिन् ।

समापन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाही, सुस्वा आयोजनाका वास सल्लाहकार राजु चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : १४ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका