१६ पुस २०८२, बुधबार | December 31, 2025

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो



भादगाउँ । अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ ।

आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ । आजको दिन ख्योपुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

त्यसैगरी अधिक साउन पूर्णिमाका अवसरमा आज ख्योपुखुलगायत भक्तपुरको उद्योग क्षेत्र कालढचा, छालिङ र यातु महादेवस्थित नारायणको मन्दिरमा समेत मेला लागेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : २० बजे

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली