४ पुस २०८२, शुक्रबार | December 19, 2025

लमजुङमा ३ सय १३ बर्षकाे कैद भुक्तान गर्न बाँकी



लमजुङ ।  लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीकाे कैद सजाय भुक्तान हुन बाँकी रहेकाे जिल्ला अदालतले जनाएकाे छ ।

अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनकाे कैद भुक्तान हुन बाँकी रहेकाे जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।

गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्याैट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनकाे कैद सजाय मध्ये ४८  दशमलव १७ प्रतिशतकाे कैद सजाय फर्छ्याैट भएको न्यायाधीश खनालले बताए ।

न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनकाे कैद फर्छ्याैट भएको छ ।

अघिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षकाे कैद लगत बाँकी  थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको