१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लमजुङमा ३ सय १३ बर्षकाे कैद भुक्तान गर्न बाँकी



लमजुङ ।  लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीकाे कैद सजाय भुक्तान हुन बाँकी रहेकाे जिल्ला अदालतले जनाएकाे छ ।

अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनकाे कैद भुक्तान हुन बाँकी रहेकाे जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।

गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्याैट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनकाे कैद सजाय मध्ये ४८  दशमलव १७ प्रतिशतकाे कैद सजाय फर्छ्याैट भएको न्यायाधीश खनालले बताए ।

न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनकाे कैद फर्छ्याैट भएको छ ।

अघिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षकाे कैद लगत बाँकी  थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ४१ बजे

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर