६ पुस २०८२, आइतबार | December 21, 2025

दोहामा अमेरिका र तालिबान प्रतिनिधिबिच भेटवार्ता



दोहा । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिसकेको छ तर पनि अमेरिकी सरकार अफगानिस्तानको तालिबान सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

हालै वरिष्ठ अमेरिकी कूटनीतिज्ञहरूको टोलीले तालिवान प्रतिनिधिमण्डललाई भेटेको खबर आएको छ । भेटवार्ता गत जुलाई ३० र ३१ मा कतारको राजधानी दोहामा भएको थियो । बैठकमा अफगान पक्षबाट तालिबानका प्रतिनिधि र प्राविधिक विज्ञहरुको सहभागिता रहेको थियो ।

अमेरिकी टोलीको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गरेका थिए । थोमस वेस्टका अतिरिक्त टोलीमा अफगानिस्तानमा महिला, बालिका र मानवअधिकारका लागि विशेष दूत रिना अमिरी र अफगानिस्तानमा अमेरिकी नियोगका प्रमुख केरेन डेकर थिए । बैठकमा अफगानिस्तानको हित र त्यहाँको मानवीय संकटका बारेमा छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टोलीले अफगानिस्तानका जनतालाई सहयोग गर्न दुई देशबीचको आपसी विश्वासलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराउन सहयोग संस्थाहरूलाई सहयोग गर्न नैतिक सिद्धान्तहरूमा आधारित सहयोग गर्न आह्वान गरेको छ । अमेरिकाले अफगानिस्तानमा द्रुत रूपमा घट्दै गएको मानवअधिकारको मुद्दामा पनि चिन्ता व्यक्त गरेको छ र तालिबानलाई मिडियामा प्रतिबन्ध, धार्मिक अभ्यासहरूमा कडाइ जस्ता निर्णयहरू फिर्ता लिन आग्रह गरेको छ ।

भेटका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले अफगानिस्तानको केन्द्रीय बैंक र अफगानिस्तानको अर्थ मन्त्रालयका अधिकारीसँग पनि वार्ता गरेको थियो र अफगान अर्थतन्त्रमा देखिएका चुनौतीका बारेमा पनि छलफल भएको थियो । अमेरिकाले तालिबानलाई अमेरिका र उसका सहयोगीहरूको सुरक्षामा कुनै खतरा नहुने भन्दै तालिबानलाई आफ्नो वाचाको स्मरण गराएको थियो र सुरक्षाको विषयमा पनि छलफल भएको थियो ।

अमेरिकाले तालिवानद्वारा पक्राउ परेका अमेरिकी नागरिकलाई रिहा गर्न माग गरेको छ । यससँगै अफिम-पोपपी खेतीमा प्रतिबन्ध, लागुऔषध तस्करीलगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ५६ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल