७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलमा डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान



बुटवल । बुटवल उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, सङ्घसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेङ्गु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए ।

छलफलका क्रममा डेङ्गु महामारीको समयमा डेङ्गु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेङ्गुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेङ्गुका सङ्क्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।

उनले हरेक कार्यालयमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेङ्गु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्नसक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकैरूपमा सञ्चालन हुने उनले बताए ।

सङ्क्रमितको तथ्याङ्क एकीकृतरूपमा सङ्कलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेको सङ्ख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उनले बताए । रूपन्देहीमा ४६ जना सङ्क्रमित फेला परेको अस्पतालले बताए पनि बुटवलमा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेङ्गु नियन्त्रणमा नगरले नियमितरूपमा अभियान सञ्चालन गर्ने बताए । उनले सबैले एकसाथ अभियान सञ्चालन गरेर सङ्क्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्री तयारी अवस्थामा राख्ने बताए । आवश्यकताअनुसार फिभर क्लिनिक र औषधि उपचारको व्यवस्था गर्ने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ३५ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट