५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बुटवलमा डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान



बुटवल । बुटवल उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठक तथा अन्तक्र्रिया कार्यक्रमले आजदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, सङ्घसंस्था र अस्पताललाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेङ्गु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए ।

छलफलका क्रममा डेङ्गु महामारीको समयमा डेङ्गु परीक्षण शुल्कमा एकरूपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको र स्वास्थ्यसम्बन्धी निजी र सरकारी अस्पतालले डेङ्गुबारेका सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेङ्गुका सङ्क्रमितको सङ्ख्या नबढिसकेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।

उनले हरेक कार्यालयमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेङ्गु नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्नसक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकैरूपमा सञ्चालन हुने उनले बताए ।

सङ्क्रमितको तथ्याङ्क एकीकृतरूपमा सङ्कलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेको सङ्ख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उनले बताए । रूपन्देहीमा ४६ जना सङ्क्रमित फेला परेको अस्पतालले बताए पनि बुटवलमा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेङ्गु नियन्त्रणमा नगरले नियमितरूपमा अभियान सञ्चालन गर्ने बताए । उनले सबैले एकसाथ अभियान सञ्चालन गरेर सङ्क्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्री तयारी अवस्थामा राख्ने बताए । आवश्यकताअनुसार फिभर क्लिनिक र औषधि उपचारको व्यवस्था गर्ने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ३५ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०