५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

उपचाररत बिरामीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तालाबन्दी



चितवन । अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि चितवनको भरतपुरस्थित मनकामनामा तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको मुल गेटमा ताला लगाइदिएका छन् ।

उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेको चितवन प्रहरीले जनाएको छ । अस्पतालका अनुसार रक्तश्राव भएर अस्पताल आएकी नविनाको शुक्रबार दिउँसो अपरेशन गरिएको थियो ।

सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण भाउजुको मृत्यु भएको मृतक महतोका देवर सन्तोष चौधरीले आरोप लगाए । उनले अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पनि बताए ।

पीडित र अस्पताल ब्यवस्थानकाबीच छलफलको प्रयास भइरहेको र तनवको अवस्था आएपछि मध्यरातीबाटै अस्पताल परिषमर बाहिर प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : २२ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको