१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा



चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।

यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो । परीक्षा रोकिँदा पुनःसीप परीक्षा ९रि–ट्रायल० दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ ।

यस्तै, साप्ताहिक रूपमा रि-ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उनका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनःठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो । मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उनले जानकारी दिए । उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन ।”

अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन । यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ९ : १९ बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको