५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

क्यान्सरको विशिष्टिकृत अस्पताल बन्दै खजुराको क्यान्सर अस्पताल, यस्ता छन् सेवाहरु



खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आर्थिक वर्ष २०७९–८०० मा पनि अस्पतालमा २९ हजार दुई सय ५५ जना बिरामीहरुले ओपिडी सेवा लिएका छन् । २०७९ यता जनरल सेवा भन्दा क्यान्सरको विशिष्टिकृत अस्पतालकै अवधारणा अन्तर्गत क्यान्सर केन्द्रित रोगका बिरामीलाई मात्रै सेवा दिने गरिएपनि अस्पतालले २९ हजार नौ सय १३ जना बिरामीहरुलाई ओपिडी सेवा दिन सफल भएको हो ।

२०८९ सालसम्म अस्पताललमा क्यान्सरसँगै अन्य किसिमका बिरामीहरुलाई पनि बिमा लगायतका सहुलियत सेवा दिने गरिएको भएपनि त्यस यता अन्य जनरल बिरामीहरुलाई भेरी अस्पतालमा पठाउने र क्यान्सरको उपचार सेवा मात्रै अस्पतालले दिने गरेको थियो । जनरल मेडिसिन सहित अन्य बिमा लगायतको सुबिधा दिँदा समेत २०७८–७९ मा २९ हजार नौ सय १३ जना बिरामीहरुले ओपिडी सेवा लिएका थिए ।

अस्पताललाई क्यान्सरको विशिष्टिकृत अस्पताल बनाउनेतिर केन्द्रीत गर्दा पनि बिरामीको संख्या नघटेको अस्पतालका प्रमुख डा. निरज भट्टराईले बताए । जनरल मेसिसिन सहित बिमा लगायतका सहुलियत सेवा बन्द गर्दापनि बिरामी नघटनुलाई आफुले अस्पतालप्रतिको विश्वासलाई पनि प्रतिबिम्बित गरेको डा. भट्टराईले बताए ।

२०७४ असार ११ गते औपचारिक सेवा प्रारम्भ गरेको अस्पतालले २०७६–७७ मा मात्र चार हजार ६ सय ९२ जना सेवाग्राहीलाई ओपिडी सेवा दिएकोमा हाल २९ हजार बढी सेवाग्राहीलाई सेवा दिएको छ । आर्थिक वर्ष २०७८–७९ मा सात सय २० जनाको अस्पतालमा शल्यक्रिया भएकोमा २०७९–८० मा सात सय ३१ जनाले क्यान्सर अस्पतालमा शल्यक्रिया गराएका छन् । सो अस्पतालमा दुईवटा अत्याधुनिक अपरेशन थिएटर मार्फत क्यान्सरका बिरामीहरुको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ ।

आफु अस्पतालमा आउँदा बहुप्रतिक्षित लिन्याक मेसिन प्रक्रियागत व्यवधानका कारण लामो समयदेखि भन्सारमा अड्किरहेकोमा अहिले अस्पतालमा ल्याएर जडान गर्ने कार्य अन्तिम चरणमा पुगेकोे मेसु भट्टराईले बताए । लिन्याक मेसिन सन्चालनमा आएसँगै खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित भारतको लखनउ पूर्वको रेडियशनका माध्यमबाट क्यान्सरको सेकाई गरेर उपचार गर्ने एक मात्र र पहिलो अस्पताल बन्ने उनको दाबी छ ।

लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । करिब २७ करोड मुल्यको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्ने गरिन्छ । अहिले बिरामीहरु उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ । प्रविधिको अभावका कारण नेपालका अधिकांस क्यान्सरका बिरामी उपचारका लागि भारतको नयाँदिल्ली र मुम्बई समेत पुग्ने गरेका छन् ।

खजुराको क्यान्सर अस्पतालमा अहिले पोजिटिभ प्रेसर आइसियु पनि संचालनमा रहेको छ । खजुरामा रहेको आइसियु पनि संभवतः लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको डा. भट्टराईले बताए । ‘यो आइसियु क्यान्सरका सिकिस्त बिरामीहरुका उपयुक्त हुनेगरी हावाको भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन जडान गरिएको आइसियु हो’ उनले भने, ‘जुन क्यान्सर बिरामीका लागि अति आवश्यक हो । चार बेडको उक्त उक्त आइसियु १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ ।’ यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको डा. भट्टराईले बताए ।

प्रखर क्यान्सर अस्पताल खजुरामा सेवा सुरु भएको ६ वर्ष बितिसक्दा पनि अस्पतालको स्थायी दरबन्दी भने तय भएको छैन । काजमा खटाइएका चिकित्सक र करारमा सेवा दिइरहेका चिकित्सकका भरमा अस्पताल संचालन भइरहेको छ । डा. भट्टराईले स्थायी दरबन्दीका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर प्रतिवेदन मन्त्रालयमा पठाइउको जानकारी दिँदै स्वीकृतिको प्रक्रियामा रहेको बताए । अस्पताल प्रमुख डा. भट्टराई स्वयम काजमा सो अस्पतालमा पठाइएका हुन् ।

अघिल्लो साता मात्र स्वास्थ्य मन्त्रालयको समन्वयमा भारतीय दूतावासले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा स्टाफ बस पनि प्रदान गरेको छ । यसैगरी भन्सारले लिलाम गरेको एउटा जीप पनि अस्पतालले यस अवधिमा प्राप्त गरेको छ । अस्पताल परिसरमा खजुरा गाउँपालिकाले हाइमास्ट लाइट जडान गरिदिएको छ भने डेडिकेटेड लाइनको व्यवस्थापन हुन लागेको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफै अस्पतालको सम्भाब्यता अध्ययन गर्न पुगेका थिए ।

मेसु डा. भट्टराईका अनुसार अस्पतालमा खजुरा गाउँपालिका तथा रेडक्रस बाँकेको समन्वयमा ब्लड बैंक पनि स्थापना हुँदैछ भने एस्फेरेसिस मेसिन पनि अस्पतालले सन्चालनम ल्याउने तयारी गरेको अस्पतालले जनाएको छ । अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्स रे सेवा, अललाइन अपोन्टमेन्ट र रिपोर्ट दिने सेवा सुरु भएको छ । अस्पतालमा बाल क्यान्सरको उपचार सेवा, नेपालगन्ज र कोहलपुर अस्पतालसम्म बस सेवा, ल्याब तथा फार्मेसी भवन, इलेक्ट्रिकल सटल बस सेवा, लिक्विड अक्सीजनको लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक डा. भट्टराई अस्पताल अब क्यान्सर विशिष्टिकृत अस्पतालको अवधारणा पूरा गर्ने लक्ष्यको नजिक रहेको दाबी गरे । डाक्टर भट्टराई स्वयं पश्चिम नेपालमा कार्यरत मुटु, फोक्सो र रक्तनलीको एक्ला सर्जन हुन् । उनी अस्पतालमा आएपछि फोक्सोको क्यान्सर, रक्तनली, खाद्यनली तथा स्तन क्यान्सरका जटिल प्रवृत्तिका शल्यक्रियाहरु पनि हुन थालेका छन् । यस्का अलावा डायालाइसिस गर्ने बिरामीहरुका लागि बनाउन पर्ने फिस्टुलाको अपरेसन पनि अस्पतालमा हुन थालेको छ । जसका लागि बिरामीहरु काठमाडौं धाउनपर्ने अवस्था थियो ।

अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ । अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमोथेरापी, हिष्टोप्याथोलोजी, ब्राकीथेरापी र कल्पोस्कोपीगायतका संरचनाहरु तयार भएर सेवा सन्चालन भइरहेको छ ।

सन्त दीनदयाल महाराजको संकल्प र भारतका महामण्डलेश्वर प्रखरजी महाराजको प्रेरणाबाट २०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी अस्पताल निर्माण गरेका थिए । २०७२ सालमा नेपाल सरकारले स्वामित्व लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा निरन्तर प्रगति गरिरहेको प्रष्ट देखिन थालेको छ । अस्पतालमा हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित सिमावती भारतका समेत गरि ४० जिल्लाका बिरामीले सेवा लिने गरेका छन् । उपचार सेवा सुरु भएका लामो समयसम्म पनि क्यान्सर अस्पतालमा बिरामीको प्रारम्भिक चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने लगायतका काम मात्रै हुँदै आएको थियो ।

एक सय बेडको स्वीकृति पाएकोमा हाल ५७ बेडमा अस्पतालले सेवा दिइरहेको छ । सरकारले दरबन्दी तय गरी विशेषज्ञ सेवा थप गरिदिए आधा नेपालका क्यान्सरका बिरामीहरुलाई उपचारका लागि अन्यत्र जानु नपर्ने डा. भट्टराईको दाबी छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : ५५ बजे

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल