२१ मंसिर २०८२, आइतबार | December 8, 2025

डा. भगवान कोईरालालाई पाल्पालीको सम्मान, जथाभावी एन्टिवायोटिक प्रयोगले नेपालीको स्वास्थ्य जटिल : डा. कोईराला



पाल्पा ।औषधी व्यवसायी संघ पाल्पाले बरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालालाई सम्मान गरेको छ । औषधी व्यवसायी संघ पाल्पाको सातौ साधारणसभाको अवसरमा संघले औषधी व्यवसाय संगम सम्मानले सम्मानित गरेको हो ।

डा. कोईरालाई पाल्पाली ढाका, दोसल्ला, पाल्पाली ढाकाको टोपी सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई पाल्पाबाट प्रतिसनधिसभाका सदस्य ठाकुर प्रसाद गैरे र नारायण प्रसाद आचार्य तथा प्रदेश सांसदद्वय विरबहादुर राना, खेम बहादुर सारु सहित संघका अध्यक्ष विष्णु केसीले १० हजार नगद सहित सम्मान गरेका थिए ।

सोही अवसरमा संघले औषधी व्यवसायी संगम पुस्कारको अक्षयकोषदाता रुकमागत शर्मालाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. कोईरालाले औषधी पसलबाट जथाभावी रुपमा एन्टिवायोटिक प्रयोग बढ्नाले नेपालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका छन् । डा. कोईरालाले पहिलो र दोस्रो किसिमको एन्टिवायोटिकले काम नगर्ने, तेस्रो किसिमको एन्टिवायोटिक महङ्गो र भनेको समयमा नपाइने अवस्था रहेकोले धेरै नेपालीको स्वास्थ्य जटिल बन्दै गएको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यसँग सम्झौता गर्ने तर केही समस्याहरु आए भन्दैमा बीचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु गैर जिम्मेवारी काम भएको बताए । उनले पाल्पाका दुई ठूला अस्पताल प्रति लक्षित गर्दै राज्यको नीति नियम, कानुन सवैले मान्नुपर्ने बताए । राज्य भन्दा माथि न त सरकार छ, न त संघ संस्था छन्, न त कुनै व्यक्ति छन् त्यसैले राज्यले बनाएको नीति नियम, कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सांसद विरबहादुर राना, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्विनी प्रदेश अध्यक्ष शिव ज्ञवालीलगायतले सातौ साधारणसभाको सफलताको शुभकामना दिदै औषधी व्यबसायीहरुले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : २८ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब