१३ भदौ २०८३, शनिबार | August 29, 2026

डा. भगवान कोईरालालाई पाल्पालीको सम्मान, जथाभावी एन्टिवायोटिक प्रयोगले नेपालीको स्वास्थ्य जटिल : डा. कोईराला



पाल्पा ।औषधी व्यवसायी संघ पाल्पाले बरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालालाई सम्मान गरेको छ । औषधी व्यवसायी संघ पाल्पाको सातौ साधारणसभाको अवसरमा संघले औषधी व्यवसाय संगम सम्मानले सम्मानित गरेको हो ।

डा. कोईरालाई पाल्पाली ढाका, दोसल्ला, पाल्पाली ढाकाको टोपी सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो । उनलाई पाल्पाबाट प्रतिसनधिसभाका सदस्य ठाकुर प्रसाद गैरे र नारायण प्रसाद आचार्य तथा प्रदेश सांसदद्वय विरबहादुर राना, खेम बहादुर सारु सहित संघका अध्यक्ष विष्णु केसीले १० हजार नगद सहित सम्मान गरेका थिए ।

सोही अवसरमा संघले औषधी व्यवसायी संगम पुस्कारको अक्षयकोषदाता रुकमागत शर्मालाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. कोईरालाले औषधी पसलबाट जथाभावी रुपमा एन्टिवायोटिक प्रयोग बढ्नाले नेपालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताएका छन् । डा. कोईरालाले पहिलो र दोस्रो किसिमको एन्टिवायोटिकले काम नगर्ने, तेस्रो किसिमको एन्टिवायोटिक महङ्गो र भनेको समयमा नपाइने अवस्था रहेकोले धेरै नेपालीको स्वास्थ्य जटिल बन्दै गएको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यसँग सम्झौता गर्ने तर केही समस्याहरु आए भन्दैमा बीचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु गैर जिम्मेवारी काम भएको बताए । उनले पाल्पाका दुई ठूला अस्पताल प्रति लक्षित गर्दै राज्यको नीति नियम, कानुन सवैले मान्नुपर्ने बताए । राज्य भन्दा माथि न त सरकार छ, न त संघ संस्था छन्, न त कुनै व्यक्ति छन् त्यसैले राज्यले बनाएको नीति नियम, कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सांसद विरबहादुर राना, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्विनी प्रदेश अध्यक्ष शिव ज्ञवालीलगायतले सातौ साधारणसभाको सफलताको शुभकामना दिदै औषधी व्यबसायीहरुले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : २८ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी