६ पुस २०८२, आइतबार | December 21, 2025

जर्जियामा पहिरोमा परी हालसम्म १७ को मृत्यु, १८ बेपत्ता



जर्जिया । जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार बिहीबार जर्जियाको राजधानी टिबिलिसीबाट १४० किलोमिटर टाढा शोवी क्षेत्रमा पहिरो गएको हो । शोई क्षेत्र आफ्नो सौन्दर्यको लागी प्रसिद्ध छ । यी क्षेत्रमा कुटेज र साना होटलहरू छन् । जर्जियाको आपतकालीन व्यवस्थापन सेवाका प्रमुख टेमुर मागेब्रिशभिलीले तीन दिन पछि शनिबार १७ जनाको मृत्यु भएको पुष्टि भएको बताए । १८ जना अझै बेपत्ता छन् ।

मृतक १७ मध्ये सात जनाको मात्रै पहिचान भएको अधिकारीले बताएका छन् । अन्यको डिएनए मार्फत पहिचान हुनेछ । पहिरोको कारण सो क्षेत्रमा भारी मात्रामा बर्षा भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : २० बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक