२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

एनआईसी एशियाको नाफा ४ अर्ब ६५ करोड



काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९।८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

बैंकले चौथो क्वाटरको वित्तिय विवरण सार्वजनिक गर्दै ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ब्याज आम्दानीबाटै १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाएको जनाएको छ ।

यस्तै बैंकको नाफा बढेसँगै यता वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यो वर्ष ७।९३ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

साथै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०।८० प्रतिशतमा सीमित राख्न सफल भएको बैंकको दाबी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ५८ बजे

उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै