१६ श्रावण २०८३, शनिबार | August 1, 2026

एनआईसी एशियाको नाफा ४ अर्ब ६५ करोड



काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९।८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष १०.३५ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

बैंकले चौथो क्वाटरको वित्तिय विवरण सार्वजनिक गर्दै ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गर्दै २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ब्याज आम्दानीबाटै १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाएको जनाएको छ ।

यस्तै बैंकको नाफा बढेसँगै यता वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यो वर्ष ७।९३ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

साथै कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई चौथो त्रैमाससम्ममा ०।८० प्रतिशतमा सीमित राख्न सफल भएको बैंकको दाबी छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ५ : ५८ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई