२१ माघ २०८२, बुधबार | February 4, 2026

सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने



काठमाडौं । एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।

यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गरेका छन् ।

सोमबार अपरान्ह दोस्रो पटक नयाँबानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि सभामुख घिमिरेले मंगलबार बिहान १० बजे बस्ने शीर्षनेताहरुको बैठकमा सहमति कायम हुने अपेक्षा गरेका हुन् ।

बैठकपछि सभामुख घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको बताए । उनले भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको जानकारी दिँदै दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठक अगावै दलहरुबीच सहमति हुने विश्वास ब्यक्त गरे ।

दलहरुबीच सहमति कायम नभएपछि मंगलबार ३ बजे सम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ३८ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल