७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

आजपनि शीर्ष नेताबीच छलफल



काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताबीचको बैठक आजपनि जारी छ । बैठकमा शीर्ष नेताहरूसँगै सरकारका वरिष्ठ मन्त्री र तीन ठूला पार्टीका दोस्रो तहका नेताको पनि सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटाको सहभागिता रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ३२ बजे

कांग्रेबाट संसद बैठकमा अवरोध, १५ मिनेटकालागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ ।

सुनको मूल्य तोलामा नौ सयले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता–चन्द्रप्रसाद ढकाल

काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण

बाँकेका बिभिन्न स्थानबाट चोरी भएका ९ थान मोटरसाईकल बरामद, ४ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका नौ

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ