१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

बाढी–पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध



काठमाडौं । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् ।

आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक)सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।

तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

बाढी–पहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : १५ बजे

बाँकेमा ३३ जना उम्मेदवारले मात्रै खोले बैङ्क खाता, १५ जनाले गरे बेवास्ता

नेपालगन्ज । निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले

लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनमा रुपन्देही पहिलो स्थानमा

नेपालगन्ज । राज्यपक्षबाटै मानवअधिकारको रक्षामा उदासिनता देखाएको सरोकारवालाहरुले बताएका छन्

डिजिटल प्रविधिको दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने