५ पुस २०८२, शनिबार | December 20, 2025

हटेन एमालेको संसद अवरोध, शुक्रबार दिउँसोसम्मलाई बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ। एमालेले उठेर नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेको अवरोधपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

मंगलबार बिहानभरीको कसरत पछि सुचारु भएको संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका थिए। जवाफमा चित्त नबुझाएको एमालेका सांंसदहरुले मंगलबार नै उठेर बिरोध जनाएका थिए ।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।

सो सुन प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा समस्या हुने सरकारको तर्क छ । संसद् खुलाउने प्रयार स्वरुप बुधबार पनि बालुवाटारमा बैठक भएको थियो। तर त्यहाँ पनि सहमति हुन सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भए पनि सहमति नजुटेपछि संसद्मा एमालेको अवरोध हटेन।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १ : ५२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र