६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेकपा बहुमतका नाममा चन्दा असुली गर्ने एमाले नेता सहित २ जना पक्राउ



दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने एमालेका नेता सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका एमालेका स्थानीय नेता तथा पत्रकार धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न व्यक्तिहरुसंग चन्दा मागेको, चन्दा नदिए ज्यान लिने धम्की दिएको तथा बिभिन्न डर त्रास देखाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् ।

तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको तथा नदिए ज्यान लिने सम्मको धम्की दिएको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीका अनुसार उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल, वाट्सएपबाट सन्देश पठाउने गरेका थिए । प्रहरीको लामो अनुसन्धानबाट चन्दा माग्नेहरु पक्राउ परेका २ जना नै भएको ठहर गर्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । पक्राउ परेका परियारकी छोरी हिमाल एकेडेमीका बिद्यार्थी समेत हुन् ।

उनीहरुले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर तनाब दिने गरेका थिए । नेपाली प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो सहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : ०७ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज