२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सन्नी देओलको गदर-२ को ४० करोडको ओपनिङ, सलमान खानले दिए बधाई



मुम्बई। सन्नी देओलको गदर-२ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।

हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि सो चलचित्रको तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर-२ को बारेमा पोस्ट गरेका छन् । गदर-२ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर-२ को सम्पूर्ण टिमलाई बधाई छ।

फिल्म गदर-२ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ४० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का