३ पुस २०८२, बिहिबार | December 18, 2025

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : बाबुराम भट्टराई



सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए। चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उहाँले जोड दिए ।

“घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा भट्टराईले सुझाव दिए। ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : २९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका