१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बागमती प्रदेशसभा बैठक तत्काल बोलाउन एमालेको माग



बागमती । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको हो ।

“गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेशसभाको बैठक झन्डै डेढ महिना हुँदा पनि बस्न सकेको छैन”, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, “नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बढीपहिरोले जताततै क्षति पु-याइरहेको छ, दैनिक उपभोग्य वस्तुहरुको महँगी बढेर नागरिकहरु तड्पिरहेका छन् ।”

उनले अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा नबस्ने तथा जनताका समस्यामा भाग्ने गरेको आरोप लगाए। “प्रदेशसभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेशसभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेशसभालाई विजनेस दिन सकिरहेको छैन”, उनले भने ।

सो अवसरमा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले चामलको भाउ जनताले थेग्नै नसक्ने गरी बढ्दासमेत सरकारले ध्यान नदिएको बताए । प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनताका समस्या समाधानमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले