२१ भदौ २०८३, आइतबार | September 6, 2026

एनआरएनएलाई विकासका मुद्दामा केन्द्रित गराउन उपाध्यक्ष आरके शर्माको आह्वान



जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन् । गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले गैरआवासीय अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताए ।

शर्माले जापानमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा विभिन्न सामाजिक संस्थाले गरेको कार्यक्रममा सहभागिता जनाएका थिए । एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरे सहित कार्यसमितिले उपाध्यक्ष शर्मा सहितका अभियन्ताहरूको उपस्थितिमा शपथ लिएर पदबहाली गरेका छन् ।

एनआरएनए जापानको शपथ समारोहमा शर्माले अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,” शर्माले एनसीसी जापानको कार्यक्रममा भने, “आइसीसीको नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ ।” शर्माले एनआरएनए अभियानमा महत्त्वपूर्ण योगदान एनसीसीको भए पनि निर्वाचनको कारण यसलाई विवादमा ल्याउने गरिएको बताए । चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँदा १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाइ शर्माको थियो ।

यस्तै चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए ।

“स्थापनाको दुई दशक सामाजिक मुद्दामा मात्र हामीहरू केन्द्रित भयौँ,”शर्माले भने,“सामाजिक मुद्दालाई निरन्तरता दिएर अबको मुद्दा आर्थिक विकास हो,आर्थिक सम्बृद्धि हो,हामीहरू त्यसमा लाग्नुपर्छ ।

“गैरआवासीय अभियान ८० देशमा फैलियो भन्दै गर्दा देशभित्र बस्नेको संख्या खाली भयो भनेर समेत हामीहरू चिन्तित हुनुपर्ने स्थिति छ,”शर्माले जापानमा आयोजित कार्यक्रममा भने,“देशलाई विकसित बनाएर विदेशमा आउने क्रमलाई हामीले रोक्न लाग्नुपर्छ ।”

आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्माले देशको विकासको योजनाको लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए ।

१५ वर्षदेखि अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु, तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु ।”

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ८ : ०७ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७