८ चैत्र २०८२, आइतबार | March 22, 2026

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै


३० श्रावण २०८०, मंगलबार  

143
Shares

काठमाडौं । पठन संस्कृतिको प्रवर्द्धनका लागि आगामी भदौ ५ देखि १० गतेसम्म काठमाडौँमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ हुने भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा हुने प्रदर्शनीमा चीन, संयुक्त राज्य अमेरिका, इजिप्टलगायत मुलुकका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० ‘स्टल’ रहनेछन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले विदेशी लेखकबाट लेखिएका र विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी हाल आफूहरू आत्मनिर्भर पुस्तक व्यवसायी हुन सफल रहेको जनाउँदै महोत्सवबाट स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात र वितरणमा सहकार्य एवं सहजीकरणको वातावारण बन्ने बताए ।

महासङ्घका महासचिव शिवसागर शर्माले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति, सञ्चार आदान–प्रदानको माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले भूमिका खेल्ने जनाए। हाल सो महासङ्घमा १५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । करेन्ट मिडियाका प्रबन्ध निर्देशक किरण गौतमले शिक्षा क्षेत्रका सरोकारवाला, सामुदायिक र निजी विद्यालय, विद्यार्थी, अभिभावक एवं आम पाठकका लागि तथा शिक्षा, संस्कृति र सञ्चारको एक साझा सङ्गमस्थल हुने भएकाले प्रदर्शनीमा सहकार्य गरिएको जनाए ।

महासङ्घले विसं २०६४ देखि ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’, ‘हातहातमा पुस्तक, घर–घरमा पुस्तकालय’ आदि नाराका साथ बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : २४ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु