२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

अध्यक्ष पदमा मेरो उम्मेदवारीलाई अधिकांश गैरआवासीय नेपालीको समर्थन छ : आरके शर्मा



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा (आरके)ले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थन रहेको बताएका छन् ।

शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अब कुनै पनि अवस्थामा आफुलाई पछि हट्ने छुट नभएको बताए । अध्यक्षका लागि आफु स्वभाविक उम्मेदवार भएको उनले दाबी गरे ।

‘मेरो बेला पनि अब उपाध्यक्षबाट अघि जाने बाटो भनेको अध्यक्षमा नै हो,’ शर्माले भने । आफुले आईसिसि सदस्य, मध्यपुर्व संयोजक, सचिव, उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेकाले अवको आफ्नो गन्तब्य अध्यक्ष नै भएको बताए । अधिकांश गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको छ ।

‘म कुनैपनि हालतमा ब्याक हुँदिन । अहिले म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो । मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने, ‘विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न ।’ विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको दावी रहेको छ । शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।

आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको पनि समर्थन रहेको शर्माले बताए । मलाई मेरा एजेण्डामा विश्वास छ । त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न कहिँ पनि सक्नुहुन्न्, शर्माले भने, ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ । एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग यसपटकबाट मेटाउनु पर्छ भन्ने पक्षमा सबै अभियन्ताहरू हुनुहुन्छ ।’

अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा आउने कार्यकालमा अध्यक्षमा बाजी मार्न विश्व दौडाहमा छन । शर्मा कतार र नेपालमा व्यवसाय गर्छन । उनी सफल ब्यावसायी र समाजसेवी पनि हुन । उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन । हाल मध्यपुर्व, मलेसिया, कोरिया, युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत रहेका छन । शर्माले यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाउने जनाएका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : २६ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको