४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन



सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको हो । कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिको सदस्यमा पाल्जोर तामाङ र कन्जोक लामा तथा मनराज बुढा सदस्य सचिव रहेका छन् । स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ ।

शिक्षा शाखा प्रमुख बुढाले आगामी शैक्षिक सत्र २०८१/८२ देखि गाउँपालिभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने बताए । स्थानीय भाषा लेखनमा पोख्त कन्जोक लामाले पेसा-व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए । नाम्खा गाउँपालिकाका सामुदायिक, संस्थागत र धार्मिक गरी १७ विद्यालयमा लामा भोट भाषाको पठनपाठन गराउने तयारी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको