४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटो ग्राफर संघले विविध कार्यक्रम गरी मनाउँदै



बुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।

दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा र ३ गते बुटवलमै महिला फोटोग्राफरहरुका निम्ति आधारभूत फोटोग्राफी सम्बन्धि तालिमको आयोजना गरि दिवसलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने संघका रुपन्देही अध्यक्ष मनीष पन्थले बताए ।

तिनाउको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि तिनाउ गाउँपालिकासँग सहकार्य र लुम्बिनी केवलकार प्रालिको सहयोग रहने अध्यक्ष पन्थले बताए ।

विगतका वर्षदेखि संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेसाप्रति व्यवसायिकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको पन्थले जानकारी गराए ।

पछिल्लो पटक रुपन्देही फोटोग्राफर संघमा आवद्ध फोटोग्राफरहरुलाई,संस्थागत विकास तालिम, विषयगत एवम् क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका महासचिव माधव पन्थले सुनाए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १२ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको