१ आश्विन २०८३, बिहिबार | September 18, 2026

विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटो ग्राफर संघले विविध कार्यक्रम गरी मनाउँदै



बुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।

दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा र ३ गते बुटवलमै महिला फोटोग्राफरहरुका निम्ति आधारभूत फोटोग्राफी सम्बन्धि तालिमको आयोजना गरि दिवसलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने संघका रुपन्देही अध्यक्ष मनीष पन्थले बताए ।

तिनाउको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि तिनाउ गाउँपालिकासँग सहकार्य र लुम्बिनी केवलकार प्रालिको सहयोग रहने अध्यक्ष पन्थले बताए ।

विगतका वर्षदेखि संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेसाप्रति व्यवसायिकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको पन्थले जानकारी गराए ।

पछिल्लो पटक रुपन्देही फोटोग्राफर संघमा आवद्ध फोटोग्राफरहरुलाई,संस्थागत विकास तालिम, विषयगत एवम् क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका महासचिव माधव पन्थले सुनाए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १२ : ४५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा